नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको निर्देशिका बनाएको छ। १. संक्षिप्त नाम, विस्तार र प्रारम्भः (१) यो निर्देशिकाको नाम "नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६" रहेको छ। (२) यो निर्देशिका नेपालभर र कसैले नेपाल वाहिर बसी यस निर्देशिका विपरित कार्य गरेमा निजको हकमा समेत लागू हुनेछ। (३) यो निर्देशिका नेपाल सरकारले स्वीकृत गरेको मितिदेखि लागू हुनेछ।२.परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा, (क) "ऐन" भन्नाले वैदेशिक रोजगार ऐन, २०६४ सम्झनु पर्छ। (ख) "नियमावली" भन्नाले वैदेशिक रोजगार नियमावली, २०६४ सम्झनु पर्छ। (ग) "करार" भन्नाले कामदार प्रशिक्षार्थी र इजाजतपत्रवाला एजेन्सी वा संस्था वीच भएको करार सम्झनु पर्छ। (घ) "एजेन्सी" भन्नाले बैदेशिक रोजगार ऐन, २०६४ को दफा ११ बमोजिमको स्वीकृति प्राप्त भई यस कार्यक्रम अर्न्तर्गत सूचीकृत भएको एजेन्सीलाई सम्झनु पर्छ।(ङ) "संस्था" भन्नाले नेपाल उद्योग बाणिज्य महासंघलाई सम्झनु पर्छ। (च) "JITCO" भन्नाले जापान इन्टरनेशनल ट्रेनिङ्ग कोअपरेसन अर्गनाइजेसन सम्झनु पर्छ। (ज) "JITCO" भन्नाले प्राविधिक अभ्यासार्थी कार्यक्रम अर्थात् Technical Internship Programme सम्झनु पर्छ। बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।



 


 

Site Updated On: Thu, 23 Feb 2012 11:17:10 AM