नेपाल सरकारबाट विभिन्न मितिमा बैदेशिक रोजगारमा संस्थागत रुपमा काम गर्न जाने नेपाली कामदारहरुको लागि अधिकतम कूल लागत खर्च देहाय बमोजिम निर्धारण भएको छ।बैदेशिक रोजगारमा जाने कामदारहरुले सम्बन्धित संस्थालाई नेपाल सरकारबाट निर्धारण गरिएको लागत खर्च मात्र बुझाई रसिद लिनु हुन र सम्बन्धित संस्थाले सोही अनुरुपको रकम मात्र लिई कामदारहरुलाई रकम बुझेको भरपाई दिनुहुन जानकारी गराइन्छ। यदि कसैले नेपाल सरकारबाट निर्धारण गरिएको लागत खर्च भन्दा बढी रकम लिइएको पाइएमा प्रचलित कानून अनुसार कडा कारवाही गरिने ब्यहोरा सम्बन्धित सवैलाई जानकारी गराइन्छ। बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।




जरुरी सूचना

नेपाल सरकारले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २३ ले दिएको अधिकार प्रयोग गरी कतारमा काम गर्ने जाने नेपाली कामदारहरुको न्यूनतम पारिश्रमिक बमोजिम तोकिएको यो सूचना प्रकाशन गरिएको छ। बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।


 जरुरी सूचना

नेपाल सरकारबाट विभिन्न मितिमा बैदेशिक रोजगारमा संस्थागत रुपमा काम गर्न जाने नेपाली कामदारहरुको लागि अधिकतम कूल लागत खर्च देहाय बमोजिम निर्धारण भएको छ। बैदेशिक रोजगारमा जाने कामदारहरुले सम्बन्धित संस्थालाई नेपाल सरकारबाट निर्धारण गरिएको लागत खर्च मात्र बुझाई रसिद लिनु हुन र सम्बन्धित संस्थाले सोही अनुरुपको रकम मात्र लिई कामदारहरुलाई रकम बुझेको भरपाई दिनु हुन जानकारी गराइन्छ। यदि कसैले नेपाल सरकारबाट निर्धारण गरिएको लागत खर्च भन्दा बढी रकम लिइएको पाइएमा प्रचलित कानून अनुसार कडा कारवाही गरिने ब्यहोरा सम्बन्धित सवैलाई जानकारी गराइन्छ।

बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।


म्यानपावर सस्थाहरुबाट कानुनी रुपमा नियुक्त एजेन्टहरुको नामावली विवरण


जरुरी सूचना

ईजरायलमा Caregiver को रुपमा नेपाली कामदार पठाउने सम्बन्धी कार्यविधि २०६८ को दफा ३ बमोजिम संस्थाहरुको सूचीकरण गर्ने सर्न्दर्भमा मिति २०६८।६।२८ गते सूचना प्रकाशित गरिएकोमा तोकिएको समयभित्र निवेदन दिने संस्थाहरुमध्ये सो कार्यविधिको दफा ३ र ४ मा उल्लेखित प्रावधान पुरा भएका देहायका बैदेशिक रोजगार व्यवसाय अनुमति प्राप्त संस्थाहरुलाई सूचीकृत गर्ने मिति २०६८।७।२७ मा निर्णय भएकोले र्सवसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।


अत्यन्त जरुरी सूचना

वैदेशिक रोजगार ऐन तथा निमावली, २०६४ बमोजिम वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिइ मात्र वैदेशिक रोजगारमा जानुपर्ने व्यबस्था छ। सो व्यबस्था अनुसार स्वीकृति लिई गएकाहरु मध्ये करार अबधी समाप्त भएपछि पनि निरन्तर काम गरिरहँदा कुनै कारणवश मृत्यु वा अंगभंग भएमा बीमा तथा कल्याणकारी कोषबाट क्षतिपूर्ति र आर्थिक सहयोग दिन नमिल्ने हुँदा श्रम स्वीकृति लिंदाको अवस्थाको करार अवधि सकिएपछि बिदामा आई पुन: जानु पर्दा विभागबाट स्वीकृति लिनुपर्ने हुन्छ।तर कतिपय कामदार करार अवधी नसकिदै बिधामा आई फर्कने हुँदा त्यस्ता कामदारले पुन: स्वकृति लिनु पर्ने हो कि भनी भ्रम पर्न गएकोले श्रम स्वीकृति लिइ जादाँको बखतको करार अवधि बाँकी हुदै बिदामा आई फरि रोजगारमा फर्कदा पुन: स्वीकृति लिनु नपर्ने व्यहोरा स्पष्ट गरी यो सूचना प्रकाशित गरिएको छ।


जापानमा (JITCO)  अन्तरगत नेपाली प्राविधिक अभ्यासार्थी कामदार पठाउन सूचीकृत सम्बन्धी सूचना

(JITCO) अन्तरगत जापानमा प्राविधिक अभ्यासार्थी कामदार पठाउन बैदेशिक रोजगार ऐन, २०६४ अनुसार इजाजत पत्र प्राप्त गरेका (JITCO)  अन्तरगत सूचीकृत हुन बाँकी इच्छुक इजाजत पत्रवालाहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बैदेशिक रोजगार विभागमा दरखास्त दिन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। म्याद भित्र प्राप्त दरखास्तहरुलाई बैदेशिक रोजगार नियमावली २०६४ को नियम ३ मा उल्लेख भए अनुसार देहाय बमोजिम अंक प्रदान गरी छनौट गरिने छ। बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।


दरखास्त फारम नमूना

जापानमा (JITCO) अन्तरगत नेपाली प्राविधिक अभ्यासार्थी कामदार पठाउन सूचीकृत सम्बन्धी दरखास्त; बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।


Site Updated On: Thu, 23 Feb 2012 11:17:10 AM