Your Language:

नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

वैदेशिक रोजगार विभाग

ताहाचल, काठमाडौँ

नियमावली


मिति २०६८।२।३० को नेपाल राजपत्रमा प्रकाशित बैदेशिक रोजगार (पहिलो संशोधन नियमावली, २०६८) ले साविकको व्यवस्थामा केही थप र केही परिवर्तन गरेको हुँदा बैदेशिक रोजगार संग आवद्ध सम्पूर्ण सरोकारवालाहरु एवं र्सवसाधारणहरुले संशोधित नियमावली - 


वैदेशिक रोजगार नियमावली, २०६४

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएकोछ। परिच्छेद -१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ (१) यी नियमहरुको नाम "वैदेशिक रोजगार नियमावली, २०६४" रहेकोछ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ। २. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमाः- (क) "ऐन" भन्नाले वैदेशिक रोजगार ऐन, २०६४ सम्झनुपर्छ। ख) "करार भन्नाले रोजगारदाता संस्था वा निजको प्रतिनीधि र कामदार तथार् इजाजतपत्रवाला र कामदार बीच कामदारको सेवा, शर्त तथा पारिश्रमिक दुवै पक्षले पालना गर्नु पर्ने शर्तको वारेमा भएको करार सम्झनुपर्छ। ग) "कोष" भन्नाले ऐनको दफा ३२ वमोजिम स्थापना भएको वैदेशिक रोजगार कल्याणकारी कोष सम्झनु पर्छ। घ) "न्यायाधिकरण" भन्नाले ऐनको दफा ६४ वमोजिम स्थापना भएको वैदेशिक रोजगार न्यायाधिकरण सम्झनु पर्छ। ङ) "मागपत्र" भन्नाले कामदारको संख्या, किसिम, योग्यता, कामदारले पाउने पारिश्रमिक, सुविधा तथा सेवाका शर्तहरु उल्लेख गरी रोजगारदाता संस्थाले इजाजतपत्रवालालाई पठाएको मागपत्र सम्झनु पर्छ। च) "सञ्चालक" भन्नाले संस्था वा इजाजतपत्रवालाको सञ्चालक सम्झनु पर्छ र सो शब्दले वैकल्पिक सञ्चालक समेतलाई जनाउँछ।संस्था वा कामदार छनौट गर्ने समबर्न्धी व्यवस्था ३. संस्थाको छनौट गर्ने आधारः ऐनको दफा ५ बमोजिम नेपाल सरकारलाई कामदार छनौट गरी पठाउन अनुरोध भई आएमा नेपाल सरकारले अनुसूची-१ मा तोकिएको आधारमा संस्थाको छनौट गरी त्यस्तो संस्था मार्फ कामदार पठाउन सक्नेछ। ४. संस्थाको छनौट गर्ने कार्य बिधि (१) नेपाल सरकारले नियम ३ मा उल्लिखित आधारमा खुल्ला प्रतिस्पर्धाद्वारा संस्था छनौट गर्ने प्रयोजनका लागि देहायको विवरण खुलाई राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तीमा पन्ध्र दिनको म्याद दिई सूचना प्रकाशन गर्नु पर्नेछः- (क) कामदार पठाउने विदेशी मुलुक र रोजगारदाता संस्थाको नाम, (ख) कामदारको माग संख्या, (ग) संस्था छनौट गर्ने आधार, (घ) दरखास्तसाथ पेश गर्नु पर्ने विवरण, (ङ) दरखास्त दिने स्थान। (२) उपनियम (१) बमोजिम प्रकाशित सूचना अनुसार प्राप्त हुन आएका दरखास्तहरूमध्येबाट नियम ३ मा उल्लिखित प्रत्येक आधार बमोजिम अङ्कभार कायम गरी सबैभन्दा बढी अङ्क प्राप्त गर्ने संस्था छनौट गर्नु पर्नेछ। ५. सन्धि वा सम्झौतैता गरी कामदार पठाउँदा छनौट गर्नेर् मापदण्ड र प्र्रिक्रियाः ऐनको दफा ६ बमोजिम नेपाल सरकारले नेपालसँग कुटनैतिक सम्बन्ध कायम गरेका मुलुकको सरकारसँग सन्धि वा सम्झौता गरी कामदार पठाउने प्रयोजनका लागि आवश्यक व्यक्तिहरूको छनौट गर्दा त्यस्तो सन्धि वा सम्झौतामा उल्लेख गरिएका कुराहरूको हकमा सोही बमोजिम र उल्लेख नभएका कुराहरूको हकमा देहायका मापदण्ड र प्रक्रिया पूरा गरेका व्यक्तिहरूमध्येबाट छनौट गर्नु पर्नेछ।

Available Downloads

नक्सा           



कार्यालय समय           

आइतबार - बिहीवार          १०:०० - ५:००
शुक्रवार                            १०:०० - ३:००

जाडो (कार्तिक १६ देखि माघ १५ गते सम्म)
आइतबार - बिहीवार           १०:०० - ४:००
शुक्रवार                             १०:०० - ३:००

सार्वजनिक बिदाका दिन विभाग बन्द रहनेछ ।

कपिराइट © २०२४– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागको सर्वाधिकार सुरक्षित